कोशी राप्रपा संसदीय दलका नेता भन्छन्- हिक्मत कार्कीलाई विश्वासको मत दिन्छौं, हाम्रो सरकार टिक्छ

२०८० असार १४, बिहीबार

विराटनगर : कोशी प्रदेश सरकारको सत्ता साझेदार राप्रपाले मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत दिने बताएको छ ।

राप्रपा कोशी प्रदेशका संसदीय दलका नेता तथा तथा प्रदेश सरकारका कृषि उद्योग सहकारी तथा पूर्वाधार मन्त्री भक्ति सिटौलाले मुख्यमन्त्रीलाई आफ्नो पार्टीले विश्वासको मत दिने बताए ।

उनले भने , हामी हाम्रो सरकार टिकाउन लाग्नेछौ । यो सरकारले विश्वासको मत पाउँछ ।

उनले मुख्यमन्त्री कार्कीले आजको कोशी प्रदेश सभाको बैठकमा विश्वासको मत पाउने बताए ।

उनले भने, हामी सत्ता साझेदार दलका रूपमा छौ । सत्ता साझेदार दल भएका कारण यो सरकार टिकाउनु हाम्रो कव्य हो । उनले कसरी विश्वासको मत पाउँछ ? भन्ने जिज्ञासामा भने बैठकमै सबै कुरा थाहा हुने बताए ।

कोशी प्रदेश सरकारमा रहेको जसपाले जेठ १९ गते यो सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको थियो । यस्तै माओवादीले पनि जेठ २३ गते हिक्मत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

कोशी प्रदेश सभामा ९३ सिट रहेको छ । विश्वासको मत लिन ४७ सिट आवश्यक पर्दछ । सत्ता साझेदार राप्रपासँग ६ र एमालेसँग ४० गरेर ४६ सिट रहेको छ ।

कोशी प्रदेश सभामा नेपाली काँग्रेसको २९, माओवादीको सभामुख सहित १३ एकीकृत समाजवादीको ४ र जसपाको १ सिट रहेको छ ।

कोशी प्रदेश सभाले विश्वासको मत लिने प्रयोजनका लागि आज १ बजे प्रदेश सभा बोलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार