कर्णाली प्रदेश प्रमुखद्वारा बकर इदको शुभकामना

२०८० असार १४, बिहीबार

काठमाडौं : कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले मुस्लिम धर्मावलम्बीको पर्व इदउल अज्हा (बकर इद)को शुभकामना दिनुभएको छ ।

प्रदेश प्रमुख परियारले आज एक शुभकामना सन्देश जारी गर्दै कर्णालीवासी, देश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम समुदायमा शुभकामना व्यक्त गर्नुभएको हो । सन्देशमा भनिएको छ, “आपसी रिस, राग र द्वेषलाई बिर्सेर एकापसमा खुसीका साथ पर्व मनाउन र पुरानो सोच तथा संस्कृतिको अन्त्य गर्दै नयाँ सोच, विचार र संस्कृतिको विकास गर्नु आवश्यक छ ।”

नेपाल बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र रहेको उल्लेख गर्नुभएका प्रदेश प्रमुख परियारले यस पर्वले नेपालीबीच सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै सभ्य समाज निर्माण गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार