काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल श्रीलंका प्रस्थान गरेका छन् । उनी श्रीलंकन कम्युनिस्ट पार्टी स्थापनाको ८० वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् ।
साथै उनी दक्षिण एसियाली कम्युनिस्ट तथा वामपन्थी पार्टीहरुको बैठकमा पनि सहभागी हुनेछन् । नेपाल श्रीलंका प्रस्थान गरेसँगै पार्टीको कार्यबाहक अध्यक्षको जिम्मा उपाध्यक्ष राजेन्द्र पाण्डेले पाएका छन् ।





