राप्रपा अध्यक्ष लिङ्देन र स्वतन्त्र ऊर्जा उत्पादक टोलीबीच भेटवार्ता

२०८० श्रावण २, मंगलवार

काठमाडौँ : राप्रपा अध्यक्ष एवं निवर्तमान उपप्रधान तथा ऊर्जा मन्त्री राजेन्द्र लिङ्देन र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपालको टोलीबीच भेटवार्ता भएको छ। इप्पानका नवनिर्वाचित अध्यक्ष गणेश कार्की लगायतका पदाधिकारी सदस्यहरू राप्रपा केन्द्रीय कार्यालय धुम्बाराही पुगी अध्यक्ष लिङ्देनसँग ऊर्जा क्षेत्रका विविध विषयमा कुराकानी गरेको हो।

त्यस अवसरमा अध्यक्ष लिङ्देनले हालैको अधिवेशनबाट निर्वाचित इप्पानको नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना दिएको राप्रपाले जनाएको छ। भेटमा नेपालमा विद्युत् उत्पादनको क्षेत्रमा रहेका समस्या र सम्भावनाका बारेमा छलफल भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

उर्जामन्त्रीको छोटो कार्यकालमै पनि ऊर्जा क्षेत्रको समस्याको पहिचान गरी त्यसको समाधानको प्रयास सुरु गरेकोमा इप्पान टोलीले लिङ्देनलाई धन्यवाद दिएका छन् । त्यस अवसरमा लिङ्देनले मन्त्रालयको नेतृत्वमा इमानदारिता र इच्छाशक्ति हुने हो भने नेपालमा ऊर्जा क्षेत्रको विकास मार्फत देशको कायापलट गर्न सकिने आफ्नो विश्वास रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार