झापाको बरपीपल टोलमा हात्ती आतंक

२०८० श्रावण ४, बिहीबार

झापा : झापाको भद्रपुर नगरपालिका १० मा हात्तीले हिजोआज आतंक मच्चाउन थालेको छ। हात्तीको बथान गाउँ पसेपछि स्थानीय ज्यान जोगाउन घर छाडेर भाग्ने गरेका छन्। भद्रपुर नगरपालिका वडा नम्बर १० बरपीपल टोलमा हात्तीले बिहिबार बिहान घर लगायत मन्दिरको पर्खाल भत्काएको छ भने किसानले भण्डारण गरेको अन्न नष्ट गरिदिएको छ।

जंगली हात्तीले केहि महिनादेखि भद्रपुर नगरपालिकाका विभिन्न ठाउँमा घर भत्काउने, भण्डारण गरेका अन्न खाने, नष्ट गर्ने गरेको स्थानीय राजु दाहालले बताए। झापामा हात्तीले बर्सेनि मानिस ज्यान लिने गरेको छ। आज बिहान (बिहिबार ) स्थानीय गर्जान मद्दी को घर हात्तीले भत्काएको हो।

बुधबार बेलुका पाखा गाउँ पसेका हात्ती बिहिबार बिहान ४ , ५ बजे जंगल फर्किएका थिए। स्थानीय दाहालको अनुसार जंगल हातामा दिनभर झंगलमा बस्ने र रात परेपछि मानव बस्तीमा हात्ती पस्ने गरेको बताउछन् । जंगलबाट हात्ती गाउँ पसेपछि कतिपय स्थानीयले घर छोडेर हिँड्ने गरेका छन्।

‘राति हात्तीका बथानले घर भत्काउन थाल्यो’, स्थानीय भन्छन् ‘हात्ती आएको थाहा पाएपछि रात भरि जाग्राम बसेर भण्डारण ,घर लगायत बालबच्चा जोगाछौ।’ झापाका स्थानीय बासिले सरकारले काडा सुरक्षाको व्यवस्था नगरेकोमा सरकारसंग गुनासो गर्दै सुरक्षा माग गरेका गर्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार