काठमाडौं : व्यवसायी राकेश अडुकियाको कमलपोखरीस्थित घरमा राजस्व अनुसन्धान विभागले छापा मारेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा विभागले उनको घरमा छापा मारेको हो।
उनले पछिल्लो वर्षहरुमा हङकङ, यूएई र भारतमा शंकास्पद भ्रमण गरेको समेत पाइएको अधिकृतहरु बताउँछन् । विभागका एक अधिकृतका अनुसार, घरबाट केही सामान समेत बरामद गरिएको छ ।
विभागले बुधबार सुन राख्नका लागि उपत्यकामा राखिएका गोदामको व्यवस्थापनका लागि सहयोग गरेको आरोपमा सुरेन्द्र तामाङ्गलाई पक्राउ गरेको छ ।





