नेविसंघ नेता विनोद शाही राष्ट्रिय युवा परिषद्को सदस्यमा नियुक्त

२०८० श्रावण १२, शुक्रबार

काठमाडौं : युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय युवा परिषद्मा २ जना सदस्य नियुक्त गरेको छ । युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार विनोदकुमार शाही र रजनी कुमारीलाई राष्ट्रिय युवा परिषद्को सदस्यमा नियुक्त गरिएको हो ।

राष्ट्रिय युवा परिषद् ऐन २०७२ को दफा (५)को उपदफा (४) अनुसार शाही र कुमारीलाई नियुक्त गरिएको हो । उनीहरुको पदावधि ४ वर्षको रहनेछ ।

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका ६ का शाही नेविसंघका नेता हुन भने कुमारी जसपा निकट हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार