सारुक ताम्राकारको नोट : ‘कसैलाई दोष छैन, अर्को जन्म मेरी आमाकै कोखमा जन्म पाऊँ’

२०८० श्रावण १४, आईतवार

काठमाडौँ : अभिनेता सारुक ताम्राकारको मोबाइल परीक्षण रिपोर्ट आएको छ । प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याबबाट ताम्राकारको मोबाइल जाँच रिपोर्ट आएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दान बहादुर कार्कीले बताए ।

प्रहरी वरिष्ठ उपरीक्षक कार्कीका अनुसार ३१ वर्षीय सारुकले लेखेको ‘१ पेज लामो’ सुसाइड नोट मोबाइलमा भेटिएको छ । सारुक असार २८ मा घरमा मृत अवस्थामा भेटिएका थिए । मोबाइलमा नोट लेख्दै सारुकले आफ्ना सबै साथीभाइलाई सम्झेका छन् । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘आफ्नो मृत्युमा उनले कसैलाई आरोप लगाएका छैनन् ।’

‘साथीभाइ, आमा र बुवालाई उनले सम्झना गरेका छन्’, ती अधिकृतले भने, ‘आफ्नै कारण घटना भएको नोटमा लेखेका छन् ।’ आफ्नो मृत्युमा कसैलाई दोष नदिएका सारुकले आमालाई सम्झदै भनेका छन्, ‘अर्को जन्म मेरी आमाकै कोखमा जन्म पाऊँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार