नागढुंगा–नौविसे सुरुङ मार्गको रेस्क्यू टनेलको सोमबार ‘ब्रेक थ्रू’ हुने भएको छ। २०७६ कात्तिक ४ गते शिलान्यास भई निर्माण थालिएको रेस्क्यू टनेलको सुरुङ निर्माणको काम सोमबारदेखि सकिने भएको हो। आइतवार दिउँसोसम्म एक मिटर मात्र रेस्क्यू टनेलको काम बाँकी रहेको छ।
सोमबार दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पुगेपछि रेस्क्यू टनेलको ‘ब्रेक थ्रू’ हुने सडक विभाग वैदेशिक महाशाखाका प्रमुख विजय जैसीले बताए। ‘साउन २२ गते दिउँसो रेस्क्यू टनेल ब्रेक थ्रू हुँदैछ’ जैसीले भने।
२.५ किलोमिटर रहेको नागढुंगा–नौविसे सुरुङ मार्गको रेस्क्यू टनेलसँग मुख्य टनेलको काम पनि अब १८ प्रतिशत मात्र बाँकी रहेको छ। २.६ किलोमिटर लम्बाइ रहेको मुख्य टनेलको ५ सय ६ मिटर मात्र बाँकी छ।





