‘‘आँखा इन्फेक्सनलाई सामान्य नलिऊँ’, ध्यान दिऊँ यी कुरामा

२०८० भाद्र १०, आईतवार

काठमाडौं : पछिल्लो समय ‘आँखाको इन्फेक्सन’ बढ्दाे क्रममा छ। नेपालमा वायु प्रदुषणका कारण आँखाको समस्या मात्रै नभएर अन्य समस्याका बिरामी पनि बढी रहेको चिकित्सकहरु बताउँछन्।

सडकमा उड्ने धुलोमा भाइरस र ब्याक्टेरिया धेरै हुने कारण आँखा रातो हुने तथा चिलाउने समस्या जुनसुकै समयमा जोकोहीलाई पनि निम्तिन सक्ने आँखारोग विशेषज्ञले बताउछन् ।

‘वायु प्रदुषण आँखा इन्फेक्सनको एक प्रमुख कारण भएकाले जाडो होस् वा गर्मी दुवै मौसममा आँखाको इन्फेक्सन देखापर्छ, अहिले प्रत्येक दिन आँखा इन्फेक्सन (कन्जन्टिभाईटिस)को समस्या लिएर आउने बिरामीको संख्या बढेको छ’। भाइरल इन्फेक्सनका कारण यस्तो समस्या देखिन्छ।

फूल फुल्ने मौसममा पनि आँखामा इन्फेक्सन देखिने खतरा हुन्छ। विशेषगरी घाँस काट्न जाँदा जंगलमा, अत्याधिक धुवाँधुलो भएको स्थानतिर पुग्दा आँखाको इन्फेक्सन हुने डर हुन्छ।

आँखा इन्फेक्सनका लक्षण

आँखामा इन्फेक्सन हुनासाथ हल्का ज्वरो आउने, शरीर गल्ने, आँसु झर्ने, आँखा रातो हुने, आँखामा कचेरा लाग्ने, आँखाको पाप्रा उक्किने, आँखाको भित्री जालो सेतो हुने, चम्किलो प्रकाशमा हेर्न गाह्रो हुने लगायतका समस्या देखापर्छ।

कहिलेकाहीँ एउटा मात्र आँखा रातो हुन्छ, यस्तो अवस्थामा जलबिन्दु भएको हुनसक्ने विशेषज्ञले बताउछन्।

आँखामा हुने जुनसुकै संक्रमणले मानिसलाई निकै दुख दिन्छ। त्यस्तो अवस्थामा आँखालाई असर पार्ने ब्याक्टेरिया र भाइरलका कीटाणु सक्रिय हुन्छन्।

कहिलेकाँही भाइरल इन्फेक्सन मात्रै नभएर अन्य किटाणुहरु जस्तै ब्याक्टेरियाको संक्रमण भएमा आँखा पाक्ने समस्याले जटिल रुप लिनसक्छ।

‘आँखा इन्फेक्सनलाई सामान्य नलिऊँ’

अधिकांश मानिसले आँखा इन्फेक्सनलाई सामान्यरुपमा लिएको पाइन्छ।

‘निको भइहाल्छ सोच्ने र हप्ता दिनसम्म पनि ठिक नभएपछि अस्पताल आउने गर्नुहुन्छ, जसकारण यो समस्याले लामो समयसम्म सताउँछ र अन्य जतिलता समेत निम्तिन सक्छ’।

भाइरल इन्फेक्सन भएपछि अरु व्यक्तिलाई पनि सर्न सक्छ। समयमा नै उपचार नगरे आँखाको ज्योति गुम्ने सम्भावना समेत रहन्छ। यसकारण, आँखाको संक्रमणलाई साधारण मानेर बस्न नहुने विशेषज्ञको सुझाव छ।

कसरी गर्ने रोकथाम?

आखाँको संक्रमण भएका व्यक्तिले कालो चस्मा लगाउनुपर्छ। आफूले प्रयोग गरेका रुमाल अरुलाई प्रयोग गर्न दिनुहुँदैन।

घरभित्र, विद्यालय तथा कार्यालयमा कुनै व्यक्तलाई आँखाको इन्फेक्सन छ भने त्यस व्यक्तिबाट टाढै रहनुपर्छ। आँखाको संक्रमण भएका व्यक्तिले आँखा चलाएमा वा औषधि हाल्ने वित्तिकै साबुन पानीले हात धुनुपर्छ। यसले गर्दा अरुलाई सर्नबाट बचाउँछ।

सामान्यतयाः आँखाको इन्फेक्सन ७ दिनदेखि १० दिन भित्रै निको हुन्छ। तर, हावाका कारण संक्रमित भएर अन्य समस्या थप भएमा चाँडै निको हुँदैन।

यसलाई भाइरल इन्फेक्सन मात्रै भनेर नबसी थोरै समस्या हुँदैमा चिकित्सकसँग सल्लाह लिनुपर्छ।

‘आँखा इन्फेक्सन’बाट कसरी जोगिने?

अहिले प्रदुषण बढेकाले संक्रमणको सम्भावना धेरै छ। त्यसकारण आँखाको सरसफाईमा विशेष ध्यान दिनुपर्छ।

बेलाबेला आँखा सफा पानीले धुनुपर्छ। मोटरसाइकल तथा स्कुटरमा हिँड्नेले अझ बढी ख्याल गर्नुपर्ने विशेषज्ञले बताए। उनीहरुले पनि माक्स, गगल्स लगाएमा यस्ता सक्रमणबाट जोगिन सकिन्छन्।

साधन विना हिँड्ने व्यक्तिले पनि घाममा हिँड्दा सनगगल्स र कम्प्युटरमा बस्दा पावर नभएको चस्मा लगाउँदा प्रभावकारी हुने आखाँ विशेषज्ञले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार