झापामा ब्राउन सुगरसहित तीन जना पक्राउ

२०८० भाद्र ११, सोमबार

काठमाडौं : झापा प्रहरीले लागु औषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको बेलबारी नगरपालिका-१० का २६ वर्षीय सुरेश धिमाल, झापाको गौरादह नगरपालिका-४ का २५ वर्षीय सन्देश लिम्बू र मोरङको उर्लाबारी नगरपालिका-७ का २७ वर्षीय बिनोद लिम्बु छन्।

उनीहरूलाई आइतबार बेलुका सवा ९ बजे झापा गाउँपालिका-१ बेलायतीबारीबाट इलाका प्रहरी कार्यालय कुमरखोद र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट टाघनडुब्बाबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो।

झापाका प्रहरी प्रवक्ता खगेन्द्र प्रसाद रिजालका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०२-०४७ प ७०४२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा एअर फिल्टर भित्र लुकाएर ४४ ग्राम २८० मिलिग्राम ब्राउन सुगर भेटिएपछि चालक धिमाललाई पक्राउ गरेको थियो।

संगै आएको २१ प १०४० नम्बरको अर्को मोटरसाइकलमा आएका सन्देश र विनोद लिम्बूको साथबाट ५० हजार रूपैयाँ बरामद गरेको प्रवक्ता रिजालले जानकारी दिए। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान अगाडि बढाइएको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार