बैंकिङ कसुर मुद्दाका फरार आरोपित घले पक्राउ

२०८० भाद्र ११, सोमबार

काठमाडौँ : बैंकिङ कसुर मुद्दाका फरार आरोपितलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ घर भएका सन्तोष घले छन् । 

३८ वर्षीय घलेलाई काठमाडौँ महानगरपालिका–१५ स्थित छाउनीबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले बताए ।

काठमाडौँको तार्केश्वर नगरपालिका–१० मा बस्दै आएका घले विरुद्ध जिल्ला अदालत काठमाडौँले पक्राउ पुर्जी जारी गरेको छ । पक्राउ पुर्जी जारी भएसँगै उनी फरार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार