सिम्रिक एयरमाथि कारबाही नगर्न उच्च अदालत पाटनको आदेश

२०८० भाद्र १७, आईतवार

काठमाडौं : उच्च अदालत पाटनले सिम्रिक एयर लिमिटेडलाई कारबाही गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न, नगराउन आदेश दिएको छ ।

प्राधिकरणले कारबाहीको निर्णय गरेपछि सिम्रिक एयरका तर्फबाट दायर भएको रिट निवेदनमाथि न्यायाधीश रमेश ढकालको एकल इजलासले प्राधिकरण र प्राधिकबरणका महानिर्देशकले गरेको निर्णय र पत्राचार प्रथम दृष्टिमै गैरकानुनी, अवैध र दुरासयपूर्ण देखिएको ठहर गर्दै भदौ ११ गते यस्तो आदेश दिएको हो ।

साथै इजलासले विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न कारण देखाउ आदेशसमेत जारी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार