हामी सधैँ गठबन्धनको पछि लाग्दैनौँ ः झलनाथ खनाल

२०८० भाद्र २०, बुधबार

काठमाडौँ : एकीकृत नेकपा समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टी जहिले पनि गठबन्धनको पछि नलाग्ने बताएका छन् । 

बुधबार काठमाडौँमा आयोजित पार्टी निकट आदिवासी जनजातिको भेलालाई सम्बोधन गर्दै नेता खनालले अव आउने चुनावमा पार्टीले देशव्यापी भाग लिने र सधैँ गठबन्धनको पछि नलाग्ने बताएका हुन् ।

‘अव आउने चुनावहरूमा हामी व्यापक रूपमा भाग लिन्छौँ । तर जहिले पनि गठबन्धनका पछि लाग्दैनौं’, खनालले भने, ‘नेकपा एकीकृत समाजवादी नितान्त आफ्नो व्यक्तित्वका साथ आफ्नो कार्यक्रम र  योजनाका साथ आउने चुनावमा जनताका बिचमा जान्छ ।’ उनले अबको चुनावसम्म ७५३ वटै पालिकामा पार्टीका झन्डा फहराउन कार्यकर्ताहरूलाई आग्रह समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार