चामलको मूल्य १५ वर्षयताकै उच्च

२०८० भाद्र २३, शनिबार

काठमाडाैं : खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले प्रमुख निर्यातकर्ता भारतले केही धान विदेश निर्यातमा प्रतिबन्ध लगाएपछि अगष्ट महिनामा चामलको मूल्य विश्वव्यापी १५ वर्षयताकै उच्च बिन्दुमा पुगेको जनाएको छ । विश्वव्यापी खाद्य पदार्थको मूल्यमा कमी आए पनि अगष्टमा चामलको मूल्य अघिल्लो महिनाको तुलनामा ९.८ प्रतिशतले बढेको एफएओले बताएको छ।

एफएओले मासिक प्रतिवेदनमा भनेको छ, ‘अगस्टमा विश्वव्यापी खाद्य पदार्थको मूल्यमा कमी आए पनि चामलको मूल्य अघिल्लो महिनाको तुलनामा ९.८ प्रतिशतले बढेको छ । यसले भारतले इन्डिका सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाएपछि व्यापारमा आएको अवरोधलाई प्रतिबिम्बित गर्दछ ।’

प्रतिबन्धको अवधिबारे अनिश्चितता र निर्यात प्रतिबन्धहरूको चिन्ताको कारण आपूर्ति–श्रृङ्खलामा असर परेको जनाइएको छ । ​कोभिड महामारी, युक्रेनमा जारी युद्ध र एल निनो मौसमी घटनाले उत्पादनको स्तरमा पारेको प्रभावका कारण अन्तर्राष्ट्रिय बजारमा चामलको मूल्य बढेको हो ।

भारतले जुलाईमा गैर–बासमती सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । भारतले गैर–बासमती सेतो चामलको कूल उत्पादनमध्ये लगभग एक चौथाई उत्पादन गर्छ । विश्वको कुल चामल ढुवानीमा ४० प्रतिशतभन्दा बढी हिस्सा भारतले ओगटेको छ ।

तथ्याङ्क मुल्याङ्कन फर्म ग्रो इन्टेलिजेन्सले जुलाईमा प्रतिबन्धले अफ्रिकी देशहरू टर्की, सिरिया र पाकिस्तानलाई असर गर्ने चेतावनी दिएको थियो । यी सबै राष्ट्रहरू पहिले नै उच्च मुद्रास्फीतिसँग संघर्ष गरिरहेका थिए ।

विश्वको सबैभन्दा ठूलो चामल आयातकर्तामध्येको एक फिलिपिन्सले बिहीबार भियतनामसँग चामल खरिदका लागि पाँच वर्षे सम्झौता गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार