माेरक्काेमा शक्तिशाली भूकम्प जाँदा करिब ३०० जनाकाे मृत्यु

२०८० भाद्र २३, शनिबार

काठमाडौं : उत्तरी अफ्रिकी मुलुक मोरक्कोमा शक्तिशाली भूकम्प जाँदा करिब ३०० जनाको मृत्यु भएको छ । शुक्रबार राति ६.८ म्याग्निच्युडको भूकम्पमा परी २९६ जनाले ज्यान गुमाएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भूकम्पले भत्किएका भवनका भग्नावशेषमा मानिसहरू पुरिएको र उद्धारसमेत भइरहेको उल्लेख गरिएकाे छ ।

भूकम्पको केन्द्रविन्दु माराकेसबाट ७१ किलोमिटर दक्षिण पश्चिममा रहेको हाई एटलस माउन्टेन रहेको छ भने यसकाे गहिराइ १८.५ किलोमिटर रहेको यूएएस जिओलोजिकल सर्भेले जनाएकाे छ ।

भूकम्पपछि पराकम्पहरू आइरहेकाले स्थानीय बासिन्दा घरबाहिरै बसिरहेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार