नेपालले चौथो विकेट गुमायो, जोरा आउट

२०८० आश्विन १४, आईतवार

काठमाडौँ : माल्दिभ्सविरुद्ध नेपालले चौथो विकेट गुमाएको छ । सन्दीप जोरा खेलको १० औँ ओभरमा मात्र ५ रन बनाएर क्याच आउट हुन पुगेका हुन् ।

नेपालले हालसम्म ६७ रन बनाएको छ । यसअघि विनोद भण्डारी १३ रन बनाएर पभिलियन फर्किएका थिए । त्यस्तै उत्कृष्ट ब्याटिङ गरिरहेका कुशल भुर्तेल १७ बलमा ३५ रन बनाएर आउट भए ।

नेपालले आशिफ शेखलाई पहिलो विकेटका रूपमा गुमाएको थियो । शेख मात्र ६ रन बनाएर क्याच आउट भएका थिए । यसअघि चीनमा जारी एसियाली खेलकुद अन्तरगतको आफ्नो दोस्रो खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार