देउवाले बोलाए कार्यसम्पादन समितिको बैठक

२०८० आश्विन २६, शुक्रबार

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएका छन्। बैठक शुक्रबार अपराह्न ३ बजे निवास धुम्बाराहीमा बस्ने गरी सभापति देउवाले कार्यसम्पादन समिति बैठक बोलाएका हुन्।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बोलाइएको छ। कोशीमा भएको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार