ताराध्वज पाण्डे रथीमा बढुवाका लागि सिफारिस

२०८० आश्विन ३०, मंगलवार

काठमाडौँ  : सैनिक मुख्यालयले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेलाई रथी पदमा बढुवाका लागि प्रक्रिया अघि बढाएको छ।

सेनाको बढुवा समितिले उनलाई उपरथी पदमा बढुवा गर्न सिफारिस गरेको सैनिक सचिव विभागका प्रमुख ज्योतीन्द्र महतद्वारा प्रकाशित सूचनामा उल्लेख छ। अब प्रधानसेनापतिको सिफारिसमा मन्त्रिपरिषद्‌ले उनलाई बढुवा गर्न सक्छ। पाण्डे हाल सेनाको युद्धकार्य महानिर्देशनालयका प्रमुख छन्। उनी उपरथीमा बढुवा भए भावी प्रधानसेनापतिको रोलक्रममा रहनेछन्।

नेपाली सेनाले आज जारी गरेको बढुवा सिफारिससम्बन्धी ७ दिने सूचनामा सैनिक सेवा नियमावली २०६९ को परिच्छेद ३ मा रहेको सरुवा तथा बढुवासम्बन्धी व्यवस्थाबमोजिम नेपाली सेनाको सैनिक साधारण सेवातर्फ रिक्त हुन आएको रथी पदमा बढुवा सिफारिसका लागि पाण्डेलाई सिफारिस गरिएको उल्लेख छ।

नेपाली सेनामा हाल दोस्रो वरीयतामा रहेका बलाधिकृत रथी सरोजप्रताप राणा कात्तिक १२ गतेबाट सेवानिवृत्त हुँदै छन्। राणा रथीको नियमित कार्यकाल सकिनु १५ दिनअघि आइतबार बिदामा बसिसकेका छन् । अर्का रथी सीताराम खड्का आगामी पुस ३ मा अवकासमा जाँदै छन् ।

उक्त स्थानमा उपरथी अशोकराज सिग्देल सेना बढुवा हुन सक्नेछन्। प्रधानसेनापति शर्माले आगामी भदौ २४ मा ३ वर्षे कार्यकाल पूरा गरेर अवकास पाउनेछन्। त्यसपछि नेपाली सेनाको ४५ औं प्रधानसेनापति पाण्डे बन्न सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
11
+1
5
+1
0

ताजा समाचार