हङकङमा कार र मिनिबस ठोकिँदा पाँच जना घाइते

२०८० कार्तिक २, बिहीबार

काठमाडौं : हङकङमा बिहीबार बिहान मर्सिडिज बेन्ज र मिनिबस एकापसमा ठोकिँदा पाँच जना घाइते भएका छन्।

बिहान करिब ११ बजे लागुना सिटीबाट निस्किएको कारले नियन्त्रण गुमाउन पुग्दा बस स्टपमा रोकिइरहेको मिनिबसलाई ठक्कर दिएको हो। प्रत्यक्षदर्शीका अनुसार नियन्त्रण गुमाउन पुगेको कार विपरीत लेनमा छिरेर यात्रु झार्ने स्टपमा रोकिएको मिनिबसलाई ठक्कर दिएको थियो।

दुर्घटनामा कारको अगाडिको भागमा बढी क्षति पुगेको छ भने दुवै गाडीका चालक र बसका तीन जना यात्रु घाइते भएका छन्।घाइतेहरूलाई घटनास्थलमा प्यारामेडिकले प्राथमिक उपचार गरेपश्चात् अस्पताल पठाइएको प्रहरीले जनाएको छ। उनीहरूलाई क्वानछङस्थित युनाइटेड क्रिश्चियन अस्पताल पठाइएको हो।

काउलुन पूर्वी ट्राफिक एकाइका अधिकारीले घटनाको अनुसन्धान गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार