राजविराज : लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले पार्टी केन्द्रीय समिति पुनर्गठनमा अध्यक्ष महन्थ ठाकुरले गडबड गरेको आरोप लगाएका छन् ।
लोसपा सप्तरीले बिहीबार राजविराजमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता महतोले पार्टी केन्द्रीय समिति पुनर्गठन गर्ने अधिकार आफूहरुले अध्यक्ष ठाकुरलाई दिँदा उनले गडबड गरेको भन्दै असन्तुष्टि जनाए । ‘मैले पार्टी बैठकमा पनि यो कुरा रखेको छु,’ महतोले भने, ‘गडबडी अब सुधार गरेर अगाडि बढ्नुपर्छ ।’
६३ पदाधिकारी र १६ महसचिव राखिँदा यो कस्तो पार्टी हो भन्ने टिप्पणी भइरहेकै बताउँदै महतोले ती सबै गडबडी हटाउँदै पार्टी सुदृढीकरण गर्दै एकताबद्ध भई अगाडि बढ्नुपर्ने बताए ।
छठपछि निर्णाायक आन्दोलन हुने बताउँदै महतोले अधिकार र पहिचानका लागि अब अन्तिम लडाइँ हुने बताए । त्यसका लागि शक्तिसञ्चय गर्न कार्यकर्तालाई नेता महतोले आग्रह गरे ।





