ठुलो दुर्घटनाबाट जोगियो बझाङमा यात्रुवाहक बस

२०८० कार्तिक ३, शुक्रबार

धनगढी : धनगढीदेखि बझाङ जाँदै गरेको यात्रुवाहक बस ठुलो दुर्घटनाबाट जोगिएको छ । धनगढीबाट बझाङ जाँदै गरेको कर्णाली रिभर यातायातको ना ४ ख १९८३ नम्बरको बस आज बिहान भीरमा अड्किएर जोगिएको हो ।

प्रदेश ट्राफिक कार्यालय अत्तरियाका प्रहरी उपरीक्षक नेत्र गिरीका अनुसार बझाङको जय पृथ्वी नगरपालिका–७ सुबेडा खड्केतोला नजिकै बसको पट्टा भाँचिएर स्लिप खाएर भीरमा अड्केको हो । मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ ।

सडक निर्माणाधीन सो ठाउँमा फराकिलो सडक नहुँदा अहिले ठुला यातायात ठप्प रहेको र साना सवारीहरू भने सुचारु रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार