यो साता प्रतितोला ५४ सय रुपैयाँ बढ्यो सुनको मूल्य

२०८० कार्तिक ४, शनिबार

काठमाडौं : यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ हजार ४०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्ममा तोलामा ५ हजार ४०० ले सुनको मूल्य बढेको जानकारी दिएको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार १०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५५० रुपैयाँ थियो । यो साताको शुक्रबार छापावाल सुन तोलामा १ लाख १५ हजार ५०० रुपैयाँ र तेजाबी सुन तोलामा १ लाख १४ हजार ९५० रुपैयाँ कायम छ ।

यो साता चाँदीको मूल्य तोलामा ५५ रुपैयाँ बढेको छ । महासंघका अनुसार गत साता चाँदीको मूल्य तोलामा १३ सय ४५ रुपैयाँ थियो । जुन, यो साताको शुक्रबार तोलामा १४ सय रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार