गुलरिया : भन्सार छलीका विभिन्न सामाग्रीसहित प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाको गस्ती टोलीले गुलरिया नगरपालिका वडा नम्बर ७ स्थित भन्सार रोडबाट भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको सामानसहित मानिस पक्राउ गरेको हो ।





