एनसेलका ३५ सयभन्दा बढी ग्राहकले पाए १०० रुपैयाँ बोनस ब्यालेन्स

२०८० कार्तिक १०, शुक्रबार

काठमाडौं : एनसेल आजियाटा लिमिटेडले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजना अन्तर्गत ३५ सय भन्दाबढी ग्राहकलाई १०० रुपैयाँ बोनस उपलब्ध गराएको छ ।

१८औं वार्षिकोत्सवको अवसरमा ‘हामी तपाईंकै लागि’ थिम अन्तर्गत सञ्चालनमा ल्याइएको योजना अनुसार ग्राहकहरुलाई उक्त बोनस ब्यालेन्स प्रदान गरिएको एनसेलले जनाएको छ । ३१ भदौदेखि सञ्चालनमा (२८ दिनसम्म) ल्याइएको यस योजनामा प्रत्येक दिन ग्राहकलाई स्योर प्राइजहरु पनि प्रदान गरिएको एनसेलले जनाएको छ ।

यसरी प्रदान गरिएका उपहारहरुमा निःशुल्क डिजिटल सेवा सदस्यता, ब्यालेन्स, डेटा, टक टाइम र एसएमएस रहेका थिए । दैनिक उपहार बाहेक, प्रत्येक हप्ता अनलाइनमार्फत एनसेलका बारेमा उत्कृष्ट नारा पठाउने ग्राहकहरु १०० रुपैयाँ बोनस ब्यालेन्सका लागि छानिएका थिए । विजेता ग्राहकहरूले बोनस ब्यालेन्स सामान्य मेन ब्यालेन्स रकम जस्तै गरी एनसेलका सेवाहरू प्रयोग गर्न उपयोग गर्न सक्छन् ।

साप्ताहिक रुपमा १०० रुपैयाँ बोनस ब्यालेन्स र बम्पर पुरस्कार जित्नका लागि योग्य हुन ग्राहकहरुले एनसेलका बारेमा नारा पठाउन पर्ने सर्त रहेको थियो । एनसेलले चाँडै नै सात जना भाग्यशाली बम्पर पुरस्कार विजेता ग्राहकहरुको पनि घोषणा गर्नेछ । यो योजनाको बम्पर पुरस्कारको रूपमा सात जना ग्राहकहरुले एक–एक स्कुटर जित्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार