प्रिन्सिपलको हत्याविरुद्व कलैयामा टायर बालेर प्रदर्शन, एसपीको राजीनामा माग

२०८० कार्तिक १३, सोमबार

बारा : बाराको कलैयाका रुपेश सर्राफको दिनदहाडै गोली हानेर हत्या गरिएको विरोधमा आफन्त र सर्वसाधारणले प्रदर्शन गरेको छन् ।

हत्याको विरोधमा कलैया बजारस्थित मुख्य सडकमा टायर बालेर मृतक सर्राफका आफन्त र सर्वसाधारणले प्रदर्शन गरेका हुन् । उनीहरुले बाराका प्रहरी प्रमुख एसपीको राजीनामा र हत्यारालाई अबिलम्ब सार्वजनिक गर्न नारा लगाएका छन् । आज दिउसो करिब १ बजे दुई मोटरसाइकलमा आएका चार अपरिचित व्यक्तिले मदर्सा टोलमा सर्राफमाथि तीन गोली प्रहार गरेका थिए ।

गोली लागेर गम्भीर घाइते सर्राफको वीरगन्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको हो । अन्दाजी ३५ वर्षीय सर्राफ कलैया ६ का बासिन्दा रहेको र कलैयामा बाल एकता बोर्डिङ सञ्चालक गरेको प्रहरीले जनाएको छ । उनीमाथि किन र कसले गोली चलाएको विषयमा केहि खुल्न सकेको छैन् । गोली चलाएका व्यक्तिहरु भारततर्फ भागेको बताइएको छ । प्रहरीले अपराधी पक्राउ गर्न नसकेकोमा स्थानीय त्रसित र आक्रोशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार