वकिलले ‘पूर्वपत्नी’ भनेपछि इजलासमै रोइन् भारती

२०८० कार्तिक १६, बिहीबार

काठमाडौँ : गुण्डानाइके रिगल भनिने योगराज ढकालको बाँकी कैद कट्टीको निर्णयविरुद्ध परेको रिटको सुनुवाइका क्रममा निवेदक भारती शेर्पा इजलासमै रोएकी छिन् । विपक्षी बनाइएका रिगल भनिने योगराज ढकालको तर्फबाट बहस गर्ने वरिष्ठ अधिवक्ता लवप्रसाद मैनालीले भारतीलाई मृतक चेतन मानन्धरकी पूर्व पत्नी भनेपछि भारती इजलासमै रोएकी हुन् ।

वरिष्ठ अधिवक्ता लवप्रसाद मैनालीले बहसकोक्रममा रिटकर्ता चेतनको पूर्व पत्नी भएकाले रिट बोकेर आउने हकदैया नै नभएको जिकिर गरेका थिए। चेतनको हत्यापछि उनले दोस्रो विवाह गरेकी थिइन्। उनले रिटमै आफ्नो परिचय मृतक चेतन मानन्धर पूर्व पत्नीको रूपमा उल्लेख गरेकी थिइन्। त्यसैलाई आधार बनाएर मैनालीले पूर्व पत्नीलाई मुद्दा ल्याउने हकदैया नपुग्ने भनेर बहस गरे।

उनले पूर्व पत्नी भनेपछि उनी इजलासमै रोएकी थिइन्। इजलासमा उनी रोएको देखेपछि इजलासमा रहेकी न्यायाधीश सपना प्रधान मल्लले बहस सुन्न अप्ठेरो भए बाहिरै बस्नु भन्दै इजलासमा रुन नपाइने भनिन्।

०७२ असार २८ गते बाँकेको नेपालगन्ज–१६ को मुख्य सडकमै ज्योति सिम्ताली होटेल अगाडि रिगलसहितको करिब १५ जनाको समूहले खुँडाले हानेर मानन्धरको हत्या गरेको अभियोगमा अदालतले दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो।

उनी २०७२ भदौ ७ गते पक्राउ परे थिए। तोकिएको सजाय अनुसार २०९२ भदौ ६ गतेसम्म उनी जेलमा हुन्थे। तर तर संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कैद कट्टी गरेकाहरूमध्ये रिगल पनि थिए।

बुधबार अदालतमा सुनुवाई सकिएकाले बिहीबार फैसला आउने सम्भावना छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
2
+1
1
+1
1
+1
2
+1
1

ताजा समाचार