सोमवार लुम्बिनी प्रदेशका ४ जिल्लामा सार्वजनिक बिदा

२०८० मंसिर २, शनिबार

बुटवल : सोमवार लुम्बिनी प्रदेशका चार जिल्लामा सार्वजनिक बिदा दिइएको छ ।

सरकारले छठ पर्वको समापनको अवसरमा ती जिल्लामा  सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

नवलपरासी, रुपन्देही, कपिलवस्तु र बाँके जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
1
+1
1
+1
0

ताजा समाचार