बाइक जोगाउन खोज्दा इलाममा भीरबाट खसेको थियो विद्यार्थी बोकेको बस

२०८० मंसिर ४, सोमबार

इलाम : आइतबार साँझ इलामको रोङ गाउँपालिकास्थित कोल्बुङमा विद्यार्थी बोकेको बस भीरबाट खस्यो। मेची राजमार्गबाट  झण्डै डेढ सय मिटर तल खस्दा धनुषाका दुई जनाको ज्यान गएको छ।

इलाम जिल्ला प्रहरी प्रमुृख एसपी बासुदेव खतिवडाका अनुसार बसका चालकले विपरीत दिशाबाट आइरहेका एक जना मोटरसाइकल चालकलाई जोगाउन खोज्दा बस भीरबाट खसेको हो। ‘बसका चालक ४१ वर्षीय हरिगिन राउत प्रहरी नियन्त्रणमा छन्,’ एसपी खतिवडाले भने। आइतबार साँझ ५ बजेतिर  इलामको कन्याम पुगेर फर्कंदै गरेको ना६ख ८४२४ नम्बरको बस  रोङ गाउँपालिका ३ को कोलबुङमा दुर्घटनाग्रस्त भएको थियो।

प्रहरीका अनुसार शैक्षिक भ्रमणका लागि धनुषाबाट इलाम आएको टोलीमा विद्यार्थीका अभिभावक पनि थिए। धनुषाधाम नगरपालिका ९ बाट आएको बस कन्यामबाट फर्कंने क्रममा दुर्घटना भएको थियो।  दुर्घटनामा धनुषाधाम नगरपालिका–९ धारापानीका १२ वर्षीय बालक अर्पण लामा र सोही ठाउँकी ४० वर्षीया महिला तुल्मा लामाको मृत्यु भएको प्रहरीले जनाएको छ। बस दुर्घटनामा ३२ जना घाइते भएका छन्।

एसपी खतिवडाका अनुसार घाइतेहरूको झापा, बिर्तामोडस्थित बिएण्ड सी अस्पतालमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार