काठमाडौं : कलाकार कोमल ओलीकी मृतक आमा दिपा ओलीको आँखाको नानी दान गरिएको छ ।
तिलगंगा आँखा प्रतिष्ठानमा ओलीका परिवारले मृतक आमाको आँखाको नानी दान गरिएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अनुसार आँखा बैङ्कका विष्णु रिमाल र राजु राजवाहकले नानी सङ्कलन गरेका थिए ।
ओलीको मङ्सिर २ गते ललितपुरस्थित अल्का अस्पतालमा निधन भएको हो ।





