काठमाडौंबासीले मलाई सघाएनन् : दुर्गा प्रसाईं

२०८० मंसिर ९, शनिबार

काठमाडौँ : राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आफूले नेतृत्व गरेको आन्दोलनलाई सहयोग नगरेको भन्दै काठमाडौँबासीसँग गुनासो गरेका छन् । शनिवार सिफलमा आयोजित प्रदशर्नमा बोल्दै उनले युवाहरु विदेसिएको र देशमा बस्न नसक्ने अवस्था नरहेको भन्दै काठमाडौँ खाली हुने जिकिर गरे ।

‘म जति बाँच्छु तपाईंहरुको हितमा काम गछुं । साथ दिन तपाईंहरु बाहिर निस्कनु भएन भने काठमाडौँमा स्याल रुन्छ । यहाँ मान्छे हुने छैन’, उनले भने । उनले आफूलाई प्रधानमन्त्री नचाहिएको भन्दै केबल भ्रष्टाचार र बेथितिविरुद्ध आफूले आन्दोलन गरेको बताए ।

उनले काठमाडौँ ललितपुर र भक्तपुरबासी कहिले घरबाट बाहिर निस्केर आन्दोलनमा सघाउन आउँछन् भन्दै प्रश्न पनि गरे । उनले स्वाभिमानको लडाइँमा समयमै सहभागी हुन अनुरोध गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
4
+1
0
+1
1
+1
5
+1
3
+1
0

ताजा समाचार