काठमाडौं : आइतबार छापावाल सुनको मूल्य ६ सय रूपैयाँले बढेको छ । शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ३ सय रुपैयाँ कायम भएकोमा आज ६ सय रूपैयाँले बढेर १ लाख १६ हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ३५० रुपैयाँ कायम भएको छ ।
शुक्रबार चाँदीको मूल्य प्रतितोला १४ सय ५० रुपैयाँ कायम भएकोमा आज ३५ रूपैयाँले बढेर १४ सय ८५ रूपैयाँ कायम भएको छ ।





