आन्दोलनमा सहभागी हुन हिँडेका दुर्गा प्रसाईंलाई प्रहरीले फर्कायो

२०८० मंसिर १२, मंगलवार

काठमाडौं : नागकि बचाउ अभियानका अभियन्ता दुर्गां प्रसाईंलाई आजको विरोध प्रदर्शनमा सहभागी हुन रोक लगाएको छ । आज गौशालामा आयोजित विरोध प्रदर्शनमा सहभागी हुन भक्तपुरस्थित आफ्नो निवासबाट आउने क्रममा प्रसाईंलाई प्रहरीले पेप्सीकोलामा रोकेर फर्काएको हो ।

गत बिहीबार (७गते) देखि राष्ट्र, राष्ट्रियता, धर्म र नागरिक बचाउ अभियान भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरेका प्रसाईंको अभियानले नियमित रुपमा विरोध प्रदर्शन गरिरहेको छ ।

सोमबार गौशालामा गरिएको प्रदर्शनमा प्रहरीले व्यापक धरपकड गरेको थियो। उनका स्वकीय सचिव विनञ्जय थापासहित १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार