काठमाडौँ : सरकारले भूकम्प पीडितका लागि अस्थायी आवास निर्माणको लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई खटाउने भएको छ।
आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट प्रभावित जाजरकोट र रूकुम पश्चिममा अस्थायी आवास निर्माणका लागि जिल्ला सुरक्षा समितिको सिफारिसमा सुरक्षाकर्मीलाई खटाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन्।
उनले नेपाल इन्जिनियरिङ सेवातर्फ रिक्त सचिव पदमा श्वेता दवाडीलाई बढुवा गर्ने निर्णय पनि सरकारले गरेको जानकारी समेत दिइन्।