वर्तमान व्यवस्थाभित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्छौँ : रवि लामिछाने

२०८० मंसिर १३, बुधबार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान व्यवस्थाभित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्न आफूहरू आएको बताएका छन्।

बुधबार जनकपुरधाममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। अहिलेको विद्यमान व्यवस्थाभित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्न आफूहरू आएको लामिछानेले बताए। यद्यपि शासकीय स्वरुपमा केही कमीकमजोरी भएको र यसलाई निर्वाचनबाट मात्रै परिवर्तन गर्न सकिने लामिछानेको तर्क छ। परिवर्तनलाई स्वीकार गरी नागरिकका दुःखसुखलाई प्राथमिकतामा राखेर आफूहरूले काम गर्ने सभापति लामिछाने बताउँछन्।

‘नीति विचारका बारेमा हामीले दस्ताबेजीकरणको काम गरेका थियौँ। त्यसलाई पास गरेका छौँ। हामी अहिले भएको विद्यमान व्यवस्थाभित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्न आएका दल हौँ। यद्यपि शासकीय स्वरुपमा केही कमीकमजोरी छन्। यो परिवर्तन गर्ने उपाय भनेको निर्वाचन मात्रै हो,’ सभापति लामिछाने भन्छन्, ‘हामी वर्तमान व्यवस्थाभित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्न आएका हौँ। परिवर्तनलाई स्वीकार गरेर नागरिकका दुःखसुखलाई प्राथमिकतामा राखेर काम गर्नेछौँ।’

सभापति लामिछानेले मधेसलाई केन्द्रबिन्दुमा राखेर आफ्नो पार्टी अघि बढिरहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार