
सुर्खेत : मुगुमा भएको सामूहिक हत्याकाण्डको अनुसन्धान गर्ने १३ जना प्रहरीलाई सम्मान गरिएको छ । प्रहरी निरीक्षक बुद्धि प्रसाद सुवेदी, प्रहरी वरिष्ठ नायव निरीक्षक नारायण प्रसाद शर्मा लगायत १३ जनालाई सफल अनुसन्धान गरेको भन्दै बुधबार प्रशंसापत्र प्रदान गरिएको हो ।
गत कात्तिक १० गते मुगुको छायाँनाथ रारा नगरपालिका–६ मन्दुका २८ वर्षिया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको हत्या भएको अवस्थामा घरभित्रै शव फेला परेको थियो । उक्त सामूहिक हत्या गर्ने गोर्ख बहादुर शाही र गोपाल बोहोरालाई सबुत प्रमाणसहित पक्राउ गरिएको थियो । उक्त घटनाको सफल अनुसन्धान गरेको भन्दै कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले बुधबार उनीहरुलाई प्रशंसापत्र प्रदान गरेका हुन् ।