सरकारले एनसेल बिक्रीको कर निर्धारण गर्छ : अर्थमन्त्री महत

२०८० मंसिर २७, बुधबार

काठमाडौँ : सरकारले एनसेलको सेयर खरिदबिक्रीमा कर निर्धारण गर्ने भएको छ। अर्थ मन्त्रालयमा समसामयिक विषयबारे जानकारी दिने उद्देश्यले गरिएको पत्रकार सम्मेलनमा मन्त्री महतले एनसेल खरिदबिक्रीबारे कर निर्धारण गर्ने बताएका हुन्। उनले यसअघिको बिक्रीमा पनि सरकारले कर निर्धारण गरेको तर एनसेलले अन्तर्राष्ट्रिय अदालत धाएको भन्दै अहिलेको सेयर बिक्रीमा कर तोक्ने बताए।

एनसेलको ८० प्रतिशत सेयर केही समयअघि विदेशमै बिक्री भएको आजियटा समूहले विज्ञप्तिमार्फत जानकारी दिएको थियो। त्योसँगै अस्वाभाविक कम मूल्यमा बिक्री भएको भन्दै एनसेलमाथि कर छल्न लागेको आरोप लागिरहेको छ।

एनसेलले बिक्रीको कागजात नेपाल दूरसञ्चार प्राधिकरणलाई बुझाउने क्रममा रहेको जवाफ दिएको छ भने उक्त खरिदबिक्री तत्काल अघि नबढाउन अदालतले समेत आदेश दिइसकेको छ। यस्तो अवस्थामा अर्थमन्त्री महतले कर निर्धारण गरेर तिराइछाड्ने प्रतिबद्धता जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार