पोखरा जाँदै गरेको यात्रु वाहक बस दुर्घटना, १८ घाइते

२०८० पुष १, आईतवार

काठमाडौँ : पोखरा जाँदै गरेको यात्रु बाहक बस तनहुँमा दुर्घटना भएको छ। दुर्घटनामा १८ जना यात्रु घाइते भएको तनहुँ प्रहरीले जनाएको छ। आज बिहान करिब साढे ८ बजे तनहुँको व्यास नगरपालिका–१२स्थित पृथ्वी राजमार्गमा बस दुर्घटनामा परेको हो।

मुग्लिङबाट पोखरातर्फ गइरहेको ग २ ख १४५९ नम्बरको बसले टिपरलाई ओभर ट्याक गर्ने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

ओभर ट्याक गर्ने क्रममा बसको दाहिनेतर्फको टायर सडकबाट तल खसेको थियो। घाइतेहरूको त्यस भेगका विभिन्न अस्पतालमा उपचार हुँदै छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार