मन्त्री किरातीलाई लिङ्देनको चुनौती : संविधान पनि नमान्ने अधिकार छ, जेल जान तयार छौँ

२०८० पुष ५, बिहीबार

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको संविधान पनि नमान्ने अधिकार जनतामा रहेको बताएका छन्।

संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले बुधबार दिएको विवादित अभिव्यक्तिलाई लिएर आक्रोशित लिङ्देनले बिहीबार यस्तो टिप्पणी गरेका हुन्।

उनले आफूहरु मन्त्री किरातीका त्यस्ता बकम्फुसे कुरा नमान्न र जेल जान लामबद्ध रहेको पनि घोषणा गरेका छन्।

‘केरे, केरे…? क्रिश्चियनलाई मान्दिन भन्नु चाहिँ संविधानलाई मान्दिन भन्नु हो, संविधान मान्दिनँ भन्ने देशद्रोही हुन् . … यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हत्कडी लगाउने जेल हाल्दिने हो’, उनले मन्त्री किरातीको भनाइ उद्धृत गर्दै लेखेका छन्, ‘अब देशलाई नै जेलमा परिणत गर्नु पर्ने भो त! याद गरौँ क्रिश्चियनलाई त के यो संविधान पनि नमान्ने अधिकार जनतालाई छ। हामी यस्ता बकम्फुसे कुरा नमान्न र जेल जान लामबद्ध छौँ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार