संस्कृति मन्त्री किराँतीविरुद्ध पोखरामा प्रदर्शन

२०८० पुष ५, बिहीबार

पोखरा : संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीको अभिव्यक्तिविरुद्ध पोखरामा पनि प्रदर्शन गरिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन कास्कीले पृथ्वीचोकमा राँके जुलुससहित किराँतीको पुत्ला दहन गरेको हो । किराँतीले संविधानको धारा ४ को ठाडो उल्लंघन गरेको आरोप राप्रपाको छ । धारा ४ मा धर्म परिवर्तनलाई दण्डनीय भनिएको छ । राप्रपा कास्कीका प्रवक्ता समेत रहेका अरुण गिरीले किराँतीको राजीनामा हुनुपर्ने बताए ।

‘किराँतीले संविधानको ठाडो उल्लंघन मात्रै गरेका छैनन् । सार्वजनिक रुपमा क्रिश्चियन धर्म मान्न दवाव समेत दिएका छन्,’ उनले भने, ‘यस्तो अभिव्यक्ति दिनेमाथि कारबाही हुनुपर्छ । उनले राजीनामा दिनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार