अफलाइन ट्रिप गर्ने ४८ राइडर प्रहरी नियन्त्रणमा

२०८० पुष ८, आईतवार

काठमाडौं : पठाओ र इनड्राइभको नाममा अनधिकृतरुपमा अफलाइन ट्रिप गर्ने ४८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले शनिबार ७५ वटा मोटरसाइकलसहित ४८ राइडरलाई काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो।विगतका केही आपराधिक घटनाहरुमा यस्ता सवारीहरुको संलग्नता देखिएकाले अफलाइन ट्रिप गर्ने राइडरहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

सुरक्षा संवेदनशीलताको दृष्टिबाट जोखिम सृजना हुने भन्दै प्रहरीले अफलाइन राइड सेयर नगर्न सर्वसाधारण र सरोकारवालालाई आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार