काठमाडौं : भारतको कोलकत्ता लगेर मिर्गौला बेचिदिने एक जना पक्राउ परेका छन्।
मानव बेचबिखन व्युरोले नुवाकोट बेलकोटगढी-१३ का ४३ वर्षीय हरि दर्जीलाई पक्राउ गरेको छ। उनी २०६५ मा समेत मानव बेचबिखन मुद्दामा १० वर्ष सजाय भुक्तान गरी छुटेको प्रहरी अनुसन्धानबाट खुलेको छ। परिवर्तित नाम २६ बबरमहल (१०५) लाई दर्जीले कोलकत्तामा मःम पसलमा काममा लगाइदिने र मासिक ३० हजार भारु तलब पाइने प्रलोभन देखाएको प्रहरीले जानकारी दिएको छ।
पीडितलाई झुक्याई अस्पताल लगेर बेहोस बनाई अर्कै व्यक्तिकोमा मृगौला प्रत्यारोपण गरि ६ लाख दिएपछि आफ्नो मिर्गौला बेचिएको पीडितले एकीन गरेको व्युरोका प्रवक्ता कृष्णप्रसाद पंगेनीले जानकारी दिए।
उक्त घटनामा बाँदरे भन्ने मुरली दमाई, राजु नेपाली, राजेश परियार, सानु भन्ने सुवास नेपालीको समेत विरुद्धमा मानव बेचबिखन अनुसन्धान व्युरोमा जाहेरी परेको प्रवक्ता पंगेनीले बताए। प्रहरीका अनुसार उनीहरू पुर्पक्षका लागि थुनामा छन्।





