गठबन्धनलाई चुनौती दिँदै जनमतले पनि गरायो उम्मेदवारी दर्ता

२०८० पुष २३, सोमबार

काठमाडौँ : सत्ता गठबन्धनमै रहेको जनमत पार्टीले गठबन्धनलाई चुनौती दिँदै राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारी दर्ता गराएको छ । जनमतले मधेस र लुम्बिनी प्रदेशमा उम्मेदवारी दर्ता गराएको हो ।

मधेस प्रदेशमा जनमतका रामशंकर महासेठले अन्य क्लस्टरमा उम्मेदवारी दर्ता गराएका छन् । यस्तै लुम्बिनी प्रदेशमा पनि अन्यबाट बल गोविन्द चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । जनमतले यसअघि गठबन्धनबाट एक सिट दाबी गरेको थियो । तर, नपाएपछि जनमतले दुई सिटमा छुट्टै उम्मेदवारी दिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार