एनआईसी एशिया बैङ्कले फेरि घटायो ब्याजदर

२०८० पुष २५, बुधबार

काठमाडौँ : एनआईसी एशिया बैङ्कले फेरि ब्याजदर घटाएको छ । बैङ्कले आगामी माघ महिनाका लागि ब्याजदर घटाएको हो ।

बैङ्कले  मुद्दती निक्षेपको ब्याजदर ८.०६५ प्रतिशत कायम गरेको छ, जुन माघ १ गतेदेखि लागू हुनेछ । तर, पुसमा भने बैङ्कको यस्तो ब्याजदर ८.६७ प्रतिशत कायम गरेको थियो । माघ महिनाका लागि निर्धारण गरेको ब्याजदर भने २४ महिनादेखि १८० महिनाको अवधिको हो ।

बैङ्कको नयाँ ब्याजदर अनुसार माघ महिनाको लागि ३ देखि ६ महिनाको मुद्दती निक्षेपमा ६.२५० प्रतिशत ब्याज प्रदान गरिने जनाएको छ । बैङ्कले माघ महिनामा मुद्दती निक्षेपमा न्यूनतम ६.२५ प्रतिशत र अधिकतम ८.०६५ प्रतिशत ब्याज दिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार