सल्यानमा तरुल खन्दै गरेका पुरुषको ढुंगाले लागेर मृत्यु

२०८० पुष २९, आईतवार

सल्यान : झन्डै सय मिटर माथिबाट खसेको ढुंगाले लागेर सल्यानमा आइतबार वन तरुल खन्दै गरेका एक पुरुषको मृत्यु भएको छ । कालिमाटी गाउँपालिका-७, स्वामिबाँसका अन्दाजी बर्ष ४२ का भीमबहादुर भनिने धनबहादुर आलेको ढुंगाले लागेर मृत्यु भएको हो ।

उनी घर नजिकैको जंगलमा वन तरुल खन्दै थिए । तर उनीभन्दा करिब सय मिटरमाथि कालिमाटी गाउँपालिका-६ जुमखोला घर भएका ४४ वर्षीय घनश्याम घर्ती पनि तरुल खनिरहेका थिए । घर्तीले खसाएको ढुंगाले लागेर आलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले जानकारी दिए ।

उनका अनुसार आलेको टाउकोमा गहिरो चोट लागेको थियो । मृत्यु भएका आलेको शव पोष्टमार्टमको लागि नेपालगन्ज लगिएको छ । अहिले ईलाका प्रहरी कार्यालय लुहामबाट खटिएको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको र ढुंगा खसाउने घर्तीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार