काठमाडौं : सानिमा रिलायन्स लाइफ इन्स्याेरेन्सको आज बिहिान ११ बजे साधारण सभा बस्दैछ।
सभा, आम्रपाली ब्यांकेट, भाटभटेनी, नक्साल काठमाडौंमा बस्दैछ। सभामा कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव नरहेको जनाएको छ जसकारण सेयरधनीहरुको हात भने खाली रहने छ।
सभामा २०७८–७९ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल हुनेछ। त्यस्तै, सभाले सञ्चालक समितिमा संस्थापक समूहको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समूहको तर्फबटा प्रतिनिधित्व गर्ने २ जना सञ्चालक निर्वाचन गर्नेछ।
सभा प्रयोजनका लागि यसले पुस २६ गते एक दिन बुक क्लोज गरिसकेको छ। यसर्थ, पुस २५ गतेसम्म कायम रहेका सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन्।





