जनयुद्धका स्मरण र अनुभवलाई जीवन्त राख्नुपर्छः प्रधानमन्त्री

२०८० फाल्गुन १, मंगलवार

काठमाडौँ : सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्धका स्मरण र अनुभवलाई जीवन्त राख्नुपर्ने बताएका छन्। मंगलवार काठमाडौंमँ आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले जनयुद्धको २९ औं वार्षिकोत्सव रहेको बताए। उनले जनयुद्ध ऐतिहासिक दिन भएकाले ऐतिहासिक सम्बोधन हुनुपर्ने बताए। अहिले दक्षिण एशियामा रामराज्यको बारेमा धेरै चर्चा भइरहेको उनको भनाइ छ।

उनले भने, ‘आज फाल्गुण १ गते महान जनयुद्धको २९ औं वार्षिकोत्सव। यो ऐतिहासिक अवसर पारेर जनयुद्ध कालमा बढो कठिन जटिल र चुनौतिमा पनि जनयुद्धका स्मरण र अनुभवलाई जीवन्त राख्नुपर्छ भन्ने ऐतिहासिक जिम्मेवारी बोध गरेर ६ वटा पुस्तक विमोचन भएका छन्। अहिले दक्षिण एशियामा रामराज्यको बारेमा धेरै चर्चा छ। आज रामलल्लाको बारेमा त निकै धेरै चर्चा छ । यो ऐतिहासिक दिनको ऐतिहासिक सम्बोधन गर्नुभएको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार