बर्दियाको बासगढीमा बस दुर्घटना, तीन घाइते

२०८० फाल्गुन १, मंगलवार

बर्दिया : बर्दिया बासगढी नगरपालिका–८ स्थित पूर्व पश्चिम महेन्द्र राजमार्गमा बस दुर्घटना हुँदा तीन जना घाइते भएकाछन् । बाँके कोहलपुर हुँदै बर्दिया मधुवनतर्फ जाँदै गरेको भे१ ख २२४४ नम्बरको बस अनियत्रित भई दुर्घटना हुँदा तीन जना घाइते भएका हुन् ।

घाइते हुनेमा मधुवन नपा–१ की १७ वर्षिया प्रेमिका जिसी,सोही ठाउँकी १८ वर्षिय सरोज खड्का र १७ को मनिष बिक घाइते भएको प्रहरी उपरीक्षक सुधीरराज शाहीले जनाए । घाईतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भई रहेको छ । सवारी चालक मधुवन नपा–६ का करिब ५५ वर्षिय नारायण उपाध्यायलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक शाहीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार