लोकरिझ्याइँमा रम्ने पार्टीको इतिहास र भविष्य छैन: उपसभापति खड्का

२०८० फाल्गुन ८, मंगलवार

काठमाडौं : नेपाली कांग्रेसले नयाँ दल र राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोक्ने दलहरूलाई अधिनायकवादीको संज्ञा दिएको छ। पार्टी उपसभापति पूर्णबहादुर खड्काले जारी महासमिति बैठकमा प्रस्तुत गरेको नीति प्रतिवेदनमा यस्ता दलहरूले जनता निराशा बेचेर काल्पनिक सपना बाँडिरहेको आरोप लगाएका छन्।

‘निराशा बेच्दै काल्पनिक सपनाको हावाहुरीमा परिवर्तन उल्टाएर एकाधिकार लाद्न खोज्नु अधिनायकवाद हो। अधिनायकवादीहरू रूपमा भिन्न देखिए पनि सारमा लोकतन्त्र विरोधी हुन्,’ प्रतिवेदन प्रस्तुत गर्दै उनले भने, ‘प्राप्त उपलब्धिमा उनीहरूको कुनै अपनत्व छैन। न त राष्ट्रको बृहत्तर हितको दायित्व बोध छ न त जिम्मेवारी।’

राजतन्त्र र हिन्दुराज्यको एजेन्डा बोक्नेहरूप्रति लक्षित गर्दै उनले निराशाको जगमा टेकेर धमिलो पानीमा माछा मार्ने प्रवृत्ति हाबी हुन खोजेको आरोप लगाएका छन्। ‘समस्या र अप्ठ्यारालाई पन्छाएर सही दिशा प्रदान गर्न आर्थिक तथा भौतिक विकास गर्दै समाजिक रूपान्तरणको बाटोमा अगाडि बढ्नुपर्नेमा त्यसको ठीकविपरीत नागरिकमा थप निराशा बढाउँदै त्यही निराशाको व्यापार गर्न खोजिँदैछ,’ प्रतिवेदनमा उनले लेखेका छन्।

लोकरिझ्याइँ र अधिनायकवाद बढेको भन्दै दृष्टिकोणबिनाको लोकप्रियताका लागि जे पनि बोल्नु उचित नहुनेमा उनले प्रतिवेदनै लेखेर जोड दिएका छन्। उनले यस्ता लोकरिझ्याइँमा रम्ने पार्टी र संगठनहरूको इतिहास, वर्तमान र भविष्य दुबै नभएको दाबी समेत गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार