बालकुमारी घटना हत्या हो भने मन्त्री र डिएसपीलाई किन जेल नहालेको? ज्ञानेन्द्र शाही

२०८० फाल्गुन १०, बिहीबार

काठमाडौं : प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले बालकुमारी घटनालाई प्रधानमन्त्रीले नै ‘हत्या’ भनेकाले त्यसमा संलग्नलाई कारबाही गर्नुपर्ने बताएका छन्। संसदको अघिल्लो बैठकमा सांसदहरूसँगको प्रश्नोत्तरमा प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारी घटनालाई हत्या भनेका थिए।

आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपाका सांसद शाहीले हत्या हो भने त्यसमा संलग्नहरूलाई कारबाही किन नगरिएको भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका हुन्।

‘बालकुमारीको घटना हत्या हो भने ती हत्याको आदेश दिने गृहमन्त्री त्यहाँ जाने भौतिक पूर्वाधारमन्त्री र गोली हान्ने प्रहरीका डिएसपीलाई जेल किन नहालेको ?,’ उनले भने, ‘यदी हत्या हो भने जेल हाल्नुपर्छ प्रधानमन्त्री जस्तो मान्छेले यहाँ आएर जे पाए त्यही बोल्न पाइँदैन। यसको आफ्नो तरिका छ।’ शाहीले प्रधानमन्त्री प्रचण्डले अपराधीलाई पक्राउ गरे भन्दै आएपनि अदालतले पक्राउ पुर्जी जारी गरेका व्यक्तिहरू प्रधानमन्त्रीसँग चिया खाने गरेको बताए।

‘अदालतले पक्राउ पुर्जी जारी गरेका व्यक्तिहरू प्रधानमन्त्रीसँग चिया खाइरहेका छन्। कुममा कुम जोडेर हिँडिरहेका छन्। प्रधानमन्त्री अदालतभन्दा ठूलो हो?,’ उनले भने। शाहीले ललितानिवास प्रकरणमा पूर्वप्रधानमन्त्रीले उन्मुक्ति दिएको र व्यापारीलाई ब्ल्याकमेलका लागि पक्राउ गरिएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार